You are viewing the translated version of आँखा अस्पताललाई मूल्य अभिवृद्धि कर छुट सम्बन्धी विशेष व्यवस्था.
Section 31
आँखा अस्पताललाई मूल्य अभिवृद्धि कर छुट सम्बन्धी विशेष व्यवस्था
(१) मूल्य अभिवृद्धि करमा दर्ता भएको वा नभएको आँखा अस्पतालले विगतमा मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गरी मूल्य अभिवृद्धि कर सङ्कलन र दाखिल नगरेको भएमा आर्थिक वर्ष २०७६/०७७ देखि संवत् २०८० साल जेठ १४ गतेसम्मको कारोबार रकमको पाँच प्रतिशत-रकम संवत् २०८० साल असोज मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, व्याज र जरिबाना मिनाहा हुनेछ। यसरी कर दाखिल गर्ने आँखा अस्पतालको सो भन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, थप दस्तुर, व्याज र जरिबाना मिनाहा हुनेछ।
(२) उपदफा (१) बमोजिम कर लाग्ने कारोबारमा कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा: विचाराधीन रहेको मुद्दा फिर्ता लिई आर्थिक वर्ष २०७६/०७७,देखि संवत् २०८० साल जेठ १४ गतेसम्मको कारोबार रकमको पाँच प्रतिशत रकम संवत् २०८० साल असोज मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिबाना मिनाहा हुनेछ। यसरी कर दाखिल गर्ने आँखा अस्पतालको सो भन्दा अघिल्ला आर्थिक वर्षहरूको कर, थप दस्तुर, ब्याज र जरिबाना मिनाहा हुनेछ।